पाल्पा २७,जेष्ठ
पाल्पाली सर्जक तथा गायक, दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक पुरूषोत्तम गैरेको नयाँ गीत ‘ए झुम ए झुम’ डिजिटल बजारमा सार्वजनिक भएको छ। पुरूषोत्तम गैरेको आप्mनै शब्द सृजना पुरूषोत्तम गैरेकै संगीत र स्वरमा रहेको भिडियो पुरु टिम युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतमा पुरूषोत्तम गैरेलाई स्वरमा गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकिछिन् । उक्त गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, लोमश शर्मा, कविता न्यौपाने र अर्जुन न्यौपानेको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन लोमश शर्माले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका छन् । गीतको छायाँकन भने अजय रेग्मीले गरेका हुन् ।
गायक गैरेले राष्ट्रिय न्युज डट मक संगको कुराकानिमा भने निकै मिहेनतका साथ नयाँ रोमान्टीक गीत सार्वजनिक गरेको वताउनु भयो । बिगतका गितहरु जस्तै यस गितलाई पनि दर्शक स्रोताहरुले मन पराउने आशाबादी रहेको गैरेले जानकारी दिनु भयो।