पाल्पा जेठ २२,
रिब्दिकोट गाउँपालिका वार्ड न ६ पौरखनि स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कृषि कार्यक्रमको सार्बजनिक सुनुवाइ तथा स्मार्ट कृषि गाउँ कार्यक्रमहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। सम्भु नेपालको अध्यक्षता र नारायण बहादुर कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारि,गाउँपालिका प्रवक्ता एव वार्ड न ६ का वार्ड अध्यक्ष प्रकास रायमाझीको विशिष्ट आतिथ्यता साथै कृषि ज्ञान् केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरी ,कृषि बिकास निर्देशनालय बुटवलका बालि प्रसार अधिकृत ,मुकेस रामजालि,सुनेना बरालि,रिब्दिकोट गाउपालिका प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोखरेल, रिब्दिकोट गाउँपालिका निवर्तमान अध्यक्ष नारायण बहादुर जिसि, नि वर्तमान वार्ड न ६ का वार्ड अध्यक्ष तुल बहादुर जिसि, वार्ड सदस्य, भरत बहादुर जिसि, मन गैरे, रन्जिव कुवर, पत्रकार प्रकाश नेपाल भुवन पान्डे,बिजय कुमार बौडेल लगायत को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर कार्किले स्मार्ट कार्यक्रमले स्थानीयले आफुलाइ आत्म निर्भर बनाउने र ग्रामीण भेगमा कृषि कार्यक्रमलाई मेहेनति किसानले मात्र सफल पार्ने बताउनुभयो। साथै कार्किले रिब्दिकोट गाउपालिकाले कृषि कार्यक्रमलाई थप प्रभावकारि बनाउन मल उत्पादनको लागि गाउपालिकाले निरन्तर रुपमा लागिपरेको समेत बताउनुभयो ।
उपाध्यक्ष कान्ता अधिकारिले किसानले उत्पादन गरेका बस्तुहरुलाइ तरकारी जन्य ब्यवसायि गाउँमै आउने बाताबरण तयार भएको बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान् केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले प्रदेसमा पौरखनि स्मार्ट कार्यक्रमले अन्य ठाउँको कार्यक्रम भन्दा प्रगति विवरण राम्रो रहेको बताउनुभयो ।स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कृषि निर्देशनालय बुटवल बालि प्रसार अधिकृत मुकेस रामजालिले स्मार्ट कार्यक्रम सुरु गर्दा जटिल र सफल नहुने हो कि भन्ने डर पैदा भएको र अहिले किसानको मेहेनत र स्मार्ट कार्यक्रम कार्यन्वयन समिति लगायत स्थानिय सरकारको सहयोगमा कार्यक्रम सफल रहेको बताउनुभयो । रिब्दिकोट गाउपालिका प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोखरेलले कृषिमा कर्म गर्ने कृषकको साथमा हिजोपनि गाउपालिका साथमा रहेको र आगामि दिनमा पालिका कृषिलाई नै आत्मसात गर्दै अघि बढने बताउनुभयो।
कार्यक्रममा नारायण बहादुर जिसिले स्मार्ट कार्यक्रम रिब्दिकोट वार्ड न ६ मा सफल भएको र स्थानिय सरकारले बजारिकरण देखि नयाँ आधुनिकतामा कृषिमा थप अध्यन र अनुसन्धान गरि अघि बढ्नुपर्ने बताउनुभयो साथै सानाबर्गका किसानलाई समेत माथि उठाउनुपर्ने बताउनुभयो । जनप्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,कृषक लगाएतको उपस्थिति रहेको कार्यक्रममा सचीव सुरेस ठडराइले स्मार्ट कार्यक्रम अन्तर्गत कार्यक्रमको रु २ करोड सात लाख ४९ हजार पाचसय रुपियाँ चार बर्ष मा बिनियोजित भएको बताउनुभयो ।साथै आ/व ०८०/८१ को रु ४५ लाख रुपियाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको हो। जसमध्ये २२ लाख ५० हजार कृषकबाट र २२ लाख ५० हजार प्रदेशबाट बिनियोजित गरिएको हो। ८०/८१ मा रु २ करोड बराबरको अनुमानित उत्पादनको लक्ष्य राखिएको छ। कार्यक्रममा स्मार्ट कार्यक्रमलाई ठिमुरे कल्याण कृषि सहकारि सस्थालाइ हस्तान्तरण गरिनुका साथै मायाको चिनो र सम्मान पत्र समेत प्रदान गरिएको थियो। स्मार्ट कार्यक्रमबाट १०४ भन्दा बढि घरधुरी लाभान्वित भएका हुन। अब कृषि सहकारिले कार्यक्रमलाई निरंतरता दिनेछ।













