जेठ ९ , जनकपुरधाम ।
जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता किर्ते गरेको आरोपमा अनुसन्धानकालागि पक्राउ परेका सिरोहिया ३ दिन हिरासतमा रहने भएका हुन् ।
प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रोतले जनाएको छ ।