बुटवल ५, जेष्ठ
कपिल अधिकारी
आइतवार सहयोगि टोल विकास संस्था बुटवल(११, कालिकानगरको सेनेटरी प्याडको तयारी तथा प्रयोगबारे जनचेतना मुलक कार्यकम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष कौशिला खनालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष राम चन्द्र खनाल क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि खनालले कार्यक्रममा वोल्दै महिलाहरूको लागि सेनेटरि प्याड अति नै आवश्यक रहेको जानकारि दिए,सेनेटरि प्याडको आफ्नै टोल वडामानै उत्पादन गर्न सकेमा महिलाहरूको लागि रोजगारि पनि हुने र बाहिर किन्दा भन्दा आफै उत्पादन गरेमा सस्तो पनि पर्ने कुरामा वताउनु भयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका कार्यकारि प्रमुख मित्रमणि खनाल, हेमा धामी, नगर कार्यपालिका सदस्य एवंम वडा सदस्य ११का कल्पना ढकाल, मुख्य प्रशिक्षक खिमानन्द भट्टराई, पारसमणि भण्डारी, पश्चिम कालीका नगर खानेपानी अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद न्यौपानेको स्वागत मन्तव्य तथा संस्थाकि सचिव शुष्मा न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













