पाल्पा - रम्भा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोप सुनिचिश्तता तथा पुर्ण संस्थागत प्रशुति सेवा पालिका घोषणा कार्यक्रम रम्भा गाउँपालिकाको खोकखोलामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङकनाथ खनालले कार्यक्रमको उद्घाटन गर्दै रम्भा गाउँपालिकाले पुर्ण खोप सुनिचिश्तता तथा पुर्ण संस्थागत प्रशुति सेवा दिगोपना रुपमा घोषणा गरेर स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेको हुनाले रम्भा गाउँपालिकालाई धन्यबाद दिनुभएको थियो ।
प्रमुख अतिथि खनालले आगामि दिनमा यस किसिमका कार्यक्रमहरुलाई जिल्ला समन्वय समितिले सहयोग गरि पुर्ण रुपमा सफल पार्ने काममा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरि, रम्भा गाउँपालिका उपाध्यक्ष राधा कुमारि श्रेष्ठ, रम्भा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद अर्याल, कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारि लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो।
कार्यक्रमको प्रतिवेदन रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्यालले प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा रम्भा गाउँपालिका १ हुँगिका महिला स्वास्थ्य स्वयमसेविका मथुरा पाठकलाई दिर्घ सेवा गरे बाफत नगद ३० हजार रुपैया, मायाको चिनो तथा दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा रम्भा गाउँपालिकाका सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका, रम्भा गाउँपालिकाका शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रम्भा गाउँपालिका जन स्वास्थ्य निरिक्षक महेश प्रसाद आचार्यले गर्नु भएको थियो भने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारिको अध्यक्षतामा सम्पन्न भएको हो ।