पाल्पा - पाल्पाको निस्दीमा बुधबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र निस्दी गाउँपालिका–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोली र स्थानीयले दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरेका थिए । १३ जना घाइतेको चितवन मेडिकल कलेज भरतपुर र मध्यविन्दु अस्पताल पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ ।
घुम्ती कच्ची र उकालो सडकमा जिपको स्टार्ट बन्द भएपछि ब्याक भई ब्रेक नलागेपछि दुर्घटनामा परेको स्थानीयले बताए ।













