पाल्पा । नेकपा एमाले तानसेन १३ को वडा कमिटी अध्यक्षमा कृष्ण बहादुर बस्याल निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिवार वडा कमिटीको दोस्रो अधिबेशनले बस्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन मण्डलका संयोजक चुन्द्र बहादुर थापाले जानकारी दिनुभयो । नयाँ चयन भएको कमिटीको उपाध्यक्षमा टेक बहादुर राना र मनणिरत्न, सचिवमा भेषराज बस्याल, उपसचिवमा भगवती भट्टराई र कान्तिसरा राना रहनुभएको छ ।
अधिबेशनमा नेकपा एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष देवि बस्यालले नव निर्वाचित नेतृत्वलाई सफल र रचनात्मक कार्यकालागि शुभकामना व्यक्त गर्दे अहिले तानसेन नगरपालिकाले जनताको चाहना अनुसार काम गर्न नसक्दा नागरिकले दुख पाएको बताउनुभयो । उहाँले यस विषयमा वडा कमिटीले जनतालाई बुझाउने र स्थानीय सरकारलाई खवरदारी गरेर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।
समग्र जिल्लाको विकासका लागि एमालेको महत्वपूर्ण भूमिका रहेको नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । उहाँले जनचाहना अनुसार काम गरेर आगामी निर्वाचनमा जित सुनिश्चित हुनेगरी काम गर्न नयाँ कमिटीलाई आग्रह गर्नुभयो । आत्रेयले पार्टीका हरेक कमिटीमा जिम्मेवारी सहितको पुस्ता हस्तान्तरण आवश्यक रहेको बताउदै यसको सुनिश्चितता भएमा मात्र सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहज हुने बताउनुभयो ।
एमाले पाल्पाका उपसचिव दिपक विश्वकर्माले वडाका सबै टोलमा पार्टीको संरचना तयार गरेर मिसन ८४ को तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । गतल व्यक्तिका हातमा सत्ता पुग्दा ५ वर्ष नागरिकले दुख पाउनुपर्ने भएकोले यो विषयमा जनतालाई समयमै सचेत बनाउने गरी वडा कमिटीको नेतृत्वले काम गर्नुपर्ने विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा एमाले तानसेन १३ का निवर्तमान वडा कमिटी अध्यक्ष लिलाराज भट्टराई ,जिल्ला कमिटि सदस्य जुद्द्बहादुर थापा ,अग्रज नेता टंक प्रसाद भट्टराई र प्रेस चौतारी जिल्ला सदस्य जनक राज भट्टराईले नवनिर्वाचित कमिटिलाइ शुभकामना दिनुभएको थियो । कार्यक्रममा नव निर्वाचित वडा कमिटी अध्यक्ष कृष्ण बहादुर बस्यालले वडा कमिटीलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन आफू सधै सहभागितात्मक रुपमा क्रियाशील हुँने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।













