बिराट पहारी,
अर्घाखाँची, ३० बैशाख २०८१
ूमानव सेवाका लागि भनी खोलिएको संस्था क्लोथ एण्ड फुड बैंक नेपालले आगोलागी पिडितलाई कपडा सहयोग गरेको छ । आगलागीवाट पिडित सन्धिखर्क नगरपालिका वडा नं २ बेहोरेका ५ परिवारलाइ डसेना, ब्लान्केट, सिरानि तन्ना तथा २ जोर को दरले १० जोर लगाउने कपडा सहयोग गरेको संस्थामा आवद्ध लुम्बिनी प्रदेश संयोजक गोमा सापकोटाले जानकारी दिनु भयो । प्रयोगमा नआएको दैनिक प्रयोग जन्य सामाग्री लत्ता कपडा, झोला, जुत्ता,चप्पल, बेल्ट आदि सामानहरु क्लोथ एण्ड फूड बैंक मार्फत संचालन गरिएका कपडा बैंकलाई प्रदान गरी पुण्य कार्यमा सामेल हुनको निम्ति अन्य सवैमा सापकोटाले आग्रह गर्नुभयो।
सवैको सानो सहयोगले हाम्रो समग्र नेपालको बातावरण सफा हुनेछ भने कसैको आवश्यकता परिपूर्ति हुने सापकोटाले वताउनु भयो । साथमा कुनै पनि टोल समाजमा कुनै परिवार, आमा, बुवा अथवा स्कुल जीवन बिताइरहेका दिदी बहिनि तथा दाजु भाइहरु कपडा बिहिन हुनु हुन्छ वा कुनै आपतकालीन अवस्था आइलागेमा कपडा बैंक नेपाललाइ खबर गरेको खण्डमा संस्थाले निशुल्क कपडा दिलाउने समेत सापकोटाले जानकारी दिनु भयो ।













