जिल्ला भलिबल संघ रूपन्देहीको आयोजनामा भएको अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । प्रतियोगितामा देवदह नगरपालिका र शुद्धोधन गाउँपालिका बिच फाइनल प्रतिष्पर्धा भएको थियाे । फाइनल खेलमा शुद्धोधनले देवदह नगरपालिकालाई ३/२काे सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै शुद्वाेधन नगरपालिकाले पच्पन्न हजार मेडल ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको देवदह नगरपालिकाले पैतिस हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे यस्तै तृतीय स्थानमा तिलोत्तमा नगरपालिका ले चित्त बुझाउदै पच्चिस हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने कञ्चन गाउपालिका ले सान्त्वना स्थान हासिल गर्दै पन्ध्र हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।
स्वास्थ्य का लागि खेलकूद , राष्ट्रका लागि खेलकूद , पहिचान र स्वाभिमनका लागि खेलकूद भन्दै पछिल्लो समयमा खेलकूद निकै अगि बढेको मा खुशी व्यक्त गर्दै खेलको विकासले राष्ट्रको पनि सवृद्धि हुने तिलोत्तमा नगर पालिकाका प्रमुख राम कृष्ण खाडले दाबी गर्नु भयाे ।
जिल्ला भलिबल संघ रुपन्देही ले प्रतिभाको खोजी का लागि प्रतियोगिता आयोजना गरेको र प्रदेश खेलकूद परिषद सदैव साझेदारी गर्ने बताउँदै खेलको विकास का लागि चार सिद्धान्त स्पष्ट खेलकूद निति, पूर्वाधार विकास , मानव शमसाधन र खेल सघ को सक्रियता रहनु पर्ने प्रदेश खेलकूद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले जिकिर गर्नुभयो ।
प्रतियोगिता बैशाख १९ देखि सञ्चालन भएर बैशाख २१ गते समापन भएकाे छ । प्रतियोगितामा जिल्ला का आठ पालिकाले सहभागिता रहेकाे थियाे । कार्यक्रममा सस्थाका अध्यक्ष सुरेन्द्र शाक्यकाे अध्यक्षता रहेकाे थियाे भने उपाध्यक्ष लाेकेन्द्र भण्डारीकाे सम्याेजकत्वमा सम्पन्न भएकाे थियाे ।













