चैत्र २३, पाल्पा
बगनासकाली गाउँपालिका वडा नं.९ स्थित चिलाङ्दी देखि बुल्ठाकी सडकखण्ड चैत २५ गते देखि बैशाख ३० गतेसम्मका लागि बन्द हुने भएको छ ।
चिलाङ्दी देखि बुल्ठाकी सडकखण्डमा बगनासकाली गाउँपालिका र सडक पुर्वाधार कार्यालय माफर्त पिच गर्ने योजना रहेको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल द्वारा जारी सूचनामा ३५ दिनको लागि बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।
बैकल्पिक बाटो प्रयोग गर्नको लागि बुल्ठाकी—सहकारी चोक—ढावखोला हुदै नारनडाडाँ तथा देउराली–बराङ्दी–वडा नं. ८ कार्यालय हुदै नारायणडाँडाको बाटो प्रयोग गर्न सकिनेछ ।