पाल्पा चैत २२,
रिब्दिकोट गाउँपालिका वार्ड न ६ बस्ने संगीता बगालेको आर्थिक अभावमा स्वास्थ्य उपचार हुन सकेको छैन। कम्मर देखि मुनिको भाग दुबै खुट्टा नचल्ने समस्या आएपछि बिगत ५ महिनादेखि स्वास्थ्यमा समस्या बढदै गएको हो। महिला स्वास्थ्य स्वयंसेबिका स्यामकला सारुले संगीता बिरामि परेको थाहा पाएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न बगालेको घर पुग्नुभएको थियो सोहि समय संगीता गर्भवती भएको जस्तो लाग्यो र तुरुन्त नजिकैको ठिमुरे स्वास्थ्य सस्थालाइ जानकारी दिएसङै जनप्रतिनिधि भरत बहादुर जिसिलाइ सम्पर्क गरि स्वास्थ्यकर्मी बगालेको घर पुगेर चेकजाच गर्दा उनको पेटमा ५ महिनाको सिसु रहेको पता लाग्यो।ज्याला मजदुरी गर्दै श्रीमान र दुइ छोराको पालन पोसण गर्दै आएकि बगालेको दुबै खुट्टा नचल्ने भएसङै थप समस्या बढेको छ।उनको श्रीमानमा सुस्त मनस्थिति कान कम सुन्ने र आखामा समेत समस्या रहेको छ।छर छिमेकीका मानिसलाई समेत उनमा भएको समस्या थाहा नभएको र आर्थिक अभावमा आफ्नो समस्या लुकाउन वाध्य भएको संगीता बताउनुहुन्छ। वार्ड सदस्य भरत बहादुर जिसिले उहाँको उपचारका लागि सहयोग जुटाएर अघि बढने बताउनुभयो ।
जिसिले स्थानीय सरकारका जनप्रतिनिधि ,स्थानिय लगायत सबैलाई सहयोग गर्न आग्रह गर्दै रु २००० रुपियाँ समेत सहयोग गर्नु भएको हो। जिसिले बगालेको स्वास्थ्यमा निकै जटिल समस्या रहेको संगै आमा र सिसु दुबैको ज्यान बचाउन समेत चुनौती रहेको बताउनुभयो ।स्वास्थ्यकर्मी जमुना गाहाले स्वास्थ्य सस्थालाइ आफ्नो समस्याको बारेमा जानकारि नगराउदा उहाँको गर्भमा रहेको सिसुको जाच गर्दा अवस्था ठिक रहेको भिडियो एक्सरे गरेपछि मात्र सिसुको अवस्थाबारे थाहा हुने बताउनुभयो। उहाँको स्वास्थ्य उपचारका लागि सहयोगका लागि जनप्रतिनिधि भरत बहादुर जिसिलाइ सम्पर्क गर्न सक्नुहुनेछ उहाको सम्पर्क न ९८६७५४८६६१













