चैत्र २१,पाल्पा
मंगलवार तानसेन ७ देविडाँडामा अवस्थित श्री ७ शितलादेवीको रथयात्रा दिउसो १२ः३५ बजेको साइतमा बाजा गाजा तथा भजन कृतन सहित रथ उठाइएको थियो ।
रथ मन्दिर परिसर हुदै चुच्चेवारी,प्रभास क्षेत्र, सुर्यकुण्ड सुन्दरगाउँ,ठाँटी हुदै रथलाई मन्दिर भित्राइएको थियो । रथयात्रामा मन्दिर व्यवस्थापन समिती,नेपाली सेना, विभिन्न वडा भित्रका समूह, क्लव तथा भद्रभलादमीका साथै सयौं भक्तजनहरुको उपस्थिती रहेको थियो ।
रथ भित्राइसकेपछि मन्दिर परिसरमा पञ्चेवाजा र भजन कृतनमा भक्तजनहरु नाचगान गरेका थिए ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन यो यात्रा निकालिने गरिन्छ । यस मन्दिरमा आउने र भाकल माग्नेहरुको मनोकामना पुरा हुने विश्वास ७० वर्षिय स्थानिय विश्वराज पौडेलको भनाई छ । जसका कारण यस क्षेत्रका भक्तजनहरु मात्र नभई अन्य जिल्लावाट पनि रथयात्रामा सहभागी हुनुकासाथै मन्दिर दर्शन गर्न आउने गर्दछन् ।













