चैत २०,पाल्पा
पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुर प्रसाद गैरेले राहतको व्यवस्था गर्नुपर्ने माग गर्नु भएको छ। सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित ख्याहा निवासी पदमा सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न प्रतिनिधिसभाको वैठकमा माग गर्नु भएको थियो ।
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका स्थित ख्याहा की १९ बर्षीय सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरिएको थियो । हत्यामा संलग्नलाई अहिले जिल्ला प्रहरी कार्यला पाल्पाले पक्राउ गरिसकेको छ ।
सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त निराशा पैदा गरेको बताउँदै गैरेले सुनारको परिवार अत्यन्त पीडामा रहेको बताउनु भयो । सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्ने गेरैले जनाउनु भयो ।












