जिल्ला प्रशासन कार्यालय पाल्पाले होली पर्वमा सब्य रुपमा मनाउन आग्रह गरेको छ । विशेष गरि रंगको पर्वको रुपमा मनाइने यस पर्वमा हुन सक्ने अराजन र अमानवीय कार्य गर्नेलाई कारबाही समेत गर्ने प्शासनले जनाएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै होली पर्वलाई इच्छा विपरित रंग दल्ने, पानी छ्याप्ने, लोला हान्ने, सबारी साधन अवरोध गरि पैसा असुल्ने, बाटोमा हिड्ने यात्रु तथा बटुवाहरुलाई रंग लगाउने जस्ता अमानवीय र अराजक कार्य गर्ने उपर कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भत्ति सरा रानाद्धारा जारी सूचनामा होली पर्वलाई आपसमा खुसी साटासाट गरेर मनाउने पर्व भएकाले कसैको इच्छा विपरीत हुने कार्यहरु दण्डदीय हुने हुँदा त्यस्ता कार्य रोक्नका लागि सम्पूर्णलाई सचेत रहन आग्रह गरिएको उल्लेख छ ।












