पाल्पा – पाल्पाको जोर्तेमा मालबहाक ट्रक दुर्घटना हुदाँ दुई जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर भएका छन ।बुटवलदेखि गुल्मीको रिडी जादैँ लु २ ख ५५१४ नम्बरको होल्सेल सामाग्री बोकेको ट्रक बुधबार बिहान ७स्३० बजे रिब्दीकोट गाउँपालिका – २ जोर्तेको बिस्वकर्मा मन्दिर नजिकै दुर्घटना भएको हो ।
प्रहरी चौकी अर्गली पाल्पाका प्रहरी सहायक निरीक्षक वसन्त ठकुरीका अनुसार दुर्घटनामा ट्रक चालक गुल्मी रेसुङगा नगरपालिका – १० सिमिचौरका २६ वर्षिय अशोक घर्ती सोही निवासी सहचालक २५ वर्षिय अनिल नेपाली घाइते भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुबै जनालाई थप उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको छ । घाइतेमध्ये सहचालक गम्भीर रहेको प्रहरी चौकी अर्गली पाल्पाका प्रहरी सहायक निरीक्षक वसन्त ठकुरीले जानकारी दिनुभयो । बिपरित दिशाबाट आइरहेको सवारीलाई साइड दिने क्रममा ब्याक गर्दा २५० मिटर तल खसेको प्रहरी चौकी अर्गली पाल्पाले जानकारी दिएको छ ।













