पाल्पा – तानसेन– तम्घास सडक खण्ड माघ २८ गतेदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । माघ २८ गतेदेखि रिब्दीकोट गाउँपालिका – २ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटर्ने भएकाले फागुन १३ गते सम्म सडक बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।
हरेक दिन बेलुका ९ः०० बजे देखि बिहान ३ः३० बजे सम्म गाडी आवतजावतमा रोक लगाइएको छ । माघ २८ गतेदेखि फागुन १३ गतेसम्मका लागि दैनिक साढे छ घण्टाका दरले १५ दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।













