
पाल्पा, तानसेन नगरपालिकाले आयोजना गरेको प्रथम तानसेन महोत्सव दुई दिन थप गरिएको छ । मेलाको दोस्रो दिन पानि परेका कारण महोत्सव हुन सकेको थिएन् । जसका कारण मेला दुई दिनका लागी थप गरिएको मेला व्यवस्थापकले जनाएको छ । महोत्सव चैत्र १ गते सम्म संचालन हुने भएको हो ।
महोत्सवमा भोली पनि राष्टिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ ।अन्तिम दिन चैत्र १ गते भने अन्य सांस्कृतिक कार्यक्रम सहित समापनको कार्यक्रम रहने छ । पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार तथा ६० लाख वढि आम्दानी हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
