फागुन,२९ संगिता आचार्य
पाल्पा,जिल्लामा स्वास्थ्य विमा पूनः संचालनमा आएपछि पाल्पा अस्पतालमा बिरामीको भीड बढेको छ । अस्पतालमा आएर चेक जाच गर्नको लागि सेवा ग्राहीहरुले विहान सात बजे देखि टिकटको लागि लाइन बस्नु परेकाे हो। सरकारले सरकारी स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न जिम्मेवारी बनाउन प्रयत्न गरेपनि स्थानीय सरकार, अस्पताल व्यवस्थापनको कमी कमजोरीका कारण उपचारका लागि आएका विरामीहरुले थप समस्या झेल्नु परेको ता.न.पा.९ कि तुलसा आचार्य बताउनु हुन्छ। धेरै मान्छेहरुको भिड भए पछि पाल्पा अस्पतालमा बिरामीलाई रिफर लिए लुम्बिनी मेडीकल कलेज,प्रभासमा पठाएको छ । पाल्पा अस्पतालमा यतिखेर दैनिक ८ सय देखि १ हजार जना विरामीहरु उपचारका लागि आउने गर्दछन् । रेफर गरेर उपचार गर्न बाहिर जानेको संख्या अधिक रहेको छ । सरकारी स्वास्थ्य संस्था यतिखेर विरामीको उपचार गर्नु भन्दा उपचारका लागि अन्यत्र स्वास्थ्य संस्थामा रिफर गराउने गरेका छन् । स्वास्थ्य विमा गरेका रोगी तथा विरामीहरुलाई उपचारको लाागि अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्था मै जानुपर्ने नियम छ ।
सरकारले यो नियम लागू गरेपनि पाल्पाका सरकारी स्वास्थ्य संस्थाहरु उपचार भन्दा अन्य स्वास्थ्य संस्थामा विरामी रिफर गर्न व्यस्त बनेका छन् ।पाल्पा अस्पताल अहिले उपचार केन्द्र भन्दा बढी अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने संस्थामा परिणत भएको छ । अस्पतालमा उपचारका लागि आएका विरामीहरु अस्पतालमा आवश्यक भौतिक पुर्वाधार तथा विशेषज्ञहरुको अभावमा अन्यत्र उपचारका लागि जान बाध्य भएको बालकृष्ण बस्याल भन्नु हुन्छ ।पाल्पा अस्पतालमा उपचारका लागि गएका विरामीहरु सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधीको व्यवस्था नहुनु, भौतिक पूर्वाधारको राम्रो व्यवस्थापन हुन नसक्नु सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुनु जस्ता कारणले सरकारी स्वास्थ्य संंस्थामा उपचारका लागि आएका विरामीहरु लुम्बिनी मेडिकल कलेज जान बाध्य छन् ।लुम्बिनी मेडिकल कलेजमा उपचार गर्ने गरी विमा गरेका विरामीहरु सामान्य उपचार र अन्य स्वास्थ्य संस्थामा रिफरका लागि आएका विरामीहरु घण्टौसम्म लाइनमा बसेर पालो कुर्नु परेको विरामीहरुको गुनासो रहेको छ ।सरकारले सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधाको लागि विरामीहरुले थप समस्या झेल्दै आउनु परेको हो ।
पाल्पा अस्पतालका एक कर्मचारीले भन्नुहुन्छ। सरकारले उपलब्ध गराउने भनिएको निशुल्क औषधीको व्यवस्थापन भएपनि अस्पतालमा भौतिक पूर्वाधारको व्यवस्थापन हुन नसक्दा र विषय विशेषज्ञ डाक्टर नभएका कारण अस्पताल रिफर सेन्टरमा रुपान्तरित भएको बताउनु भयो । जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यका साथ सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नू भन्दा पनि यसरी रिफर गरी महगो अस्पतालहरुमा जान बाध्य छन् । विमा र सरकारी स्वास्थ्य संस्थालाई अझ बढी प्रभावकारी बनाउँदै थप जिम्मेवारी बनाउनका लागि स्थानीय सरकारको पहल नहुँदा सरकारी स्वास्थ्य संस्थाप्रति सर्वसाधारणको आकर्षण दिनदिनै घटिरहेको छ।











