जल्पामा ११४ औंमहिला श्रमिक दिवस मनाए ।
पुर्वखोला 2 जल्पामा महिला कल्यण परिवारले आयोजना गरेको ११४ औं अन्टरराष्तृय महिला श्रमिक दिवस , टोल स्तरका महिला समुह बिच , बक्तृत्व कला गरी मनाएको छ्। पहिलो सेशनमा , समान सहभागिताका लागी नारा लेखेको प्ले कार्ड सहित बजार परीक्रमा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गाउ कार्यपालिका सदस्य भिमि सरा आलेले अबका हामी महिलाले कर्तब्य सहितको अधिकार खोज्नु पर्छ भन्नु भयो । ंबर्तमान अबस्थाको महिला सामाजिक सन्जालको प्रयोगले पारेको प्रभाबं , , बिष्यमा १० समुहका प्रतियोगि महिलाहरुले आ आफ्नो तर्क राखेका थिए , सकारत्मक असरमा सामाजिक सन्जालले एक सेकेन्ड्मा बिस्वलाइ जोड्ने देखि शिप, प्रतिभा, शिक्षा , स्वस्थें, उद्द्म, आयार्जन, शिप सामाजिक सन्जालमा नै छ भने कतीका घारबार बिहिन, बाल बच्चा बिचल्ली , सामाजिक मुल्यमान्यता बिर्शने, आफन्ती नचिन्ने पुस्ता उत्पादन हुने कि भन्ने डर, भएको सस्कार बिर्सने, भान्सामा खाना डढ्ने समेत प्रतीयोगीहरुले कुरा राखे । सच्चिकै महिला नेतृत्व उत्पादन भएको अनुभुती मुल्याकनबाट गर्न सकिन्थ्यो । प्रतियोगितामा सत्यवती महिला समुहका मैना देवि जर्घा प्रथम, बिन्द बासिनि महिलासमुह काप्रतिक्षा न्यौपाने दोस्रो र जल्पा देवि महिला समुहका लिला कुमारी सारु तेस्रो भएको छ ।
बिजय सहभागीहरुलाइ मायाको चिनो र नगद पुरस्कारले सम्मान गरेको थियो भने बेलुन नाच मनोरन्जनको लागी खुल्ला गरीको थियो ।गाउपालिकाले नै महिला शसक्तिकरणको लागी लगानी गरी रहेको अबस्थामा बौद्दिक र मनोरन्जन छुट्त्याएर कार्यक्रम गरेको आयोजक सस्थाका आद्द्यक्ष लिला राना (सारु) ले जान्कारी दिनु भयो, यो भन्दा १ महिना पहिले सम्पन्न गरेको ५ दिने उत्घोषण तालिमको प्रभावकारिता यो प्रतियोगीतामा परिक्षा साबित भएको समेत बताउनु भयो, शम्भु मा बि का शिक्षक बिनय पेमीले महिलाहरुको कार्यक्रममा पुरुषहरुले सहयोग रहन पर्छ भन्दै पुरुषहरुको न्युन सहभागीतालाइ प्रश्न गर्नु भयो।शुभ शन्देश कृषि सहकारी सस्थाका चन्द्री सरा रखाल, सिता आचार्य लगायले आ आफ्नो भनाई राखेका थिए । सस्थाका सचिब टोलसरी राईको संचालन र लिला राना ( सारु)को अद्द्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो।











