२५ फागुन, । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । पाल्पाका सवै शिव मन्दिरहरुमा विहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । विशेष गरि पाल्पाको सिद्धवावा मन्दिर, प्रभास शिव मन्दिर, तानसेन शिवालय मन्दिर लगाएतका मन्दिरहरुमा दर्शनार्थीको भिडलागेको हो । भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि मनाइन्छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।











