
माधव पाण्डे फागुन ९, पाल्पा
रनविर बराल भन्ने वित्तिकै पुर्वि पाल्पा लगायत नवलपुर सम्म नचिन्ने कमै हुन्छन् । मान्छे एक प्रतिभा अनेक रहेको रनविर बराल बासुरी, मादल,ढोलक र सनाई बजाउने गर्दछन् । उनले पुर्वखोला गा.पा. २ मैदानमा जल्पाली पञ्चेबाजा समुह बनाई विवाह, भोज भतेरमा पनि बाजा बजाउन जाने गर्छन् । साथै पछिल्लो समय बाजाको माग पनि धेरै आउने गरेको बराल बाताउछन् ।
रनविर बराल पुर्व खोला गा. पा. २ मैदानका सामान्य परिवारमा जेठो छोराको रुपमा जन्म भएको थियो ।
उनको दुई भाई र एक बहिनी रहेका छन् । उनि ८ सम्म मैदान कमला आ. वि पढेका थिए भने १२ सम्म शम्भु मा.वि. मा पढेका हुन् । उनि घास दाउरा जादा बासुरि सिक्ने र बजाउने उनको बानिले बाजा गाजा लगाएतमा रुचि बड्दै गयो । निकै मेहन गर्ने उनि पछि कक्षा १२को परिक्षा दिई पसलमा काम गर्दे विभिन्न कठिनाइका साथ आप्mनै पसल खोल्न सफल भएका थिए ।
पछि गाउँमै पन्चेबाजा लोप हुदै जानलागेको देखे पछि यस्तो कला संस्कृति जोगाउनु पर्छ भन्ने उदेश्यका साथ उनको मामा तिल सिं घर्ति सग सल्लाह गरेर सबै युवा मिलेर बाजा किनेर सिक्दै बजाउँदै गर्न थालेका हुन्। रनविरका् बाजाटोली आज भोलि मेला महोत्सवमा पनि माग हुने गरेको बरालले बताए ।
पन्चे बाजाबाट उठेको रकमले आर्थिक विपन्न परिवार तथा मिर्गौला पिडितलाई पनि सहयोग गरेको तिल सि घर्तिले बताउनु भयो । घर्तिले मैदान गाउँमा रहेको कमला आ. वि स्कुलमा पनि १५ गमला र फुल पनि सहयोग गरेको सुनाउछन् ।
