जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले दबावमा रहेर काम नगर्ने बताउनुभएको छ । केही दिन अघि मात्र उहाँ पाल्पा सरुवा भएर आउनुभएको हो । कानुनको अधिनमा रहने,कानुनलाई टेकेर काम गर्ने, कसैको प्रभाव र दबावमा नपर्ने मंगलबार पत्रकारसँगको परिचयात्मक कार्यक्रमका विच चन्दले वताउनुभयो । चन्दले सबै पक्षको सहकार्यमा समाजको सुरक्षा व्यवस्था मजबुत बनाउन सकिने बताउनु हुन्छ । सवै पक्षलाई समयमा सूचना दिन र आवश्यक प्रमाण जुटाउने काममा प्रहरीलाई सहयोग गर्न चन्दले आग्रह समेत गर्नुभयो ।
यसअघि काठमाण्डौको साइबर ब्यूरोमा काम गरेका चन्दले सामाजिक सञ्जालबाट हुने अपराधिक घटनालाई न्यूनीकरण गर्न विशेष पहल गर्ने बताउनुभयो । जबरजस्ती करणी, आत्महत्या, हत्या, लुटपाट, ठगी, चोरी, डकैतीजस्ता घटना न्यूनीकरण गर्न सामाजिक सञ्जाल प्रयोेगबारे आम नागरिक सचेत हुन आवश्यक रहेको उहाँको ठम्याई छ ।













