बिराट पहारी , फागुन २ स्वास्थ्यका लागि खेल रास्ट्रका लागि खेल भन्ने मुलनाराका साथ ९औं मणि मुकुन्द कप रास्ट्रिय पुरुष भलिबल को आज छैटौ दिन भएको सेमिफाइनल खेलमा क्रमशः गण्डकी प्रदेश र नेपाल आर्मी बिजय भएका छन ।
आज भएको पहिलो खेलमा गण्डकी प्रदेश ले नेपाल पुलिस लाई ३—२ र नेपाल आर्मी ले ए पि एफ लाई ३—० ले जित्यो यो जित संङ्गै गण्डकी प्रदेश संङ्ग नेपाल आर्मी को फाइनलमा भेटहुने पक्का भयो भने भोलि नै हुने खेल तेस्रो स्थानको लागि नेपाल पुलिस र एपीएफ एकआपसमा भिड्ने भएका छन ।प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा शुक्रवारबाट सुरु भएको खेल भोलि फाइनल खेल फागुन ३ गते संचालन हुनेछ उक्त प्रतियोगिता मा ३ वटा विभागीय टिम र ७ प्रदेश गरि १० टिमको सहभागिता रहेको छ
प्रतियोगितामा प्रथम हुनेले २ लाख १ रुपैया, दोस्रोले १ लाख ५० हजार १ रुपैंया, तेस्रोले १ लाख १ रुपैया तथा चौथोले ५० हजार १ रुपैंया पाउने जानकारी आयोजकले जनाएको छ ।












