फागुन १ गते क्यानन माध्यामिक विद्यालयले आफ्नो खेल सप्ताहको अन्तिम दिन विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । आज भएको जुनियर तर्फको फुटबल खेलमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेको छ भने धाैलागिरि सदनले द्धितीय स्थान हासिल गरेको छ । त्यसैगरी सिनियर तर्फ भएको फुटबल खेलमा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने द्धितीय माछापुच्छ्रे्र सदन भएको छ । त्यसैगरी आजै भएको क्रिकेट प्रतियोगितामा धौलागिरि सदनले प्रथम स्थान हासिल गरेको छ भने अन्नपूर्ण सदन द्धितीय भएको छ । त्यसैगरी छात्रा ब्याड्मिन्टनमा अन्नपूर्ण सदनले प्रथम तथा द्धितीय दुबै स्थानमा जित प्राप्त गरेको छ । यसैगरी विभिन्न तहका विद्यार्थीहरुविच तातोआलु प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२का विद्यार्थीहरु बिच क्रिकेट तथा चम्चा दौड प्रतियोगिता सम्पन्न भएको कुराको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी तथा ११र१२का खेल संयोजक सुमन गिरीले गराउनु भयो । माघ २६ गतेदेखि सुरु भएको खेलकुद प्रतियोगितामा भन्डै बिसभन्दा बढी बिधामा करिब १२०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।












