माघ २९ गते क्यानन माध्यामिक विद्यालयले आफ्नो खेल सप्ताहको तेस्रो दिन विविध खेलकुद आयोजना गरी सम्पन्न गरेको छ । आज भएको जुनियर तर्फ को खो–खो खेलमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेको छ भने धाैलागिरि सदनले द्धितीय स्थान हासिल गरेको छ । त्यसै गरी सिनियर तर्फ भएको छात्रा कबड्डीमा धाैलागिरि सदनले प्रथम स्थान हासिल गरेको छ भने द्धितीय अन्नपूर्ण सदन भएको छ । त्यसैगरी छात्र तर्फको कबड्डिमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेको छ भने धाैलागिरि सदनले द्धितीय स्थान हासिल गरेको छ । यसैगरी विभिन्न तहका छात्राहरुका बिच कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२का विद्यार्थीहरु बिच फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आजै भएको सिनियर तर्फको अन्तरसदनात्मक फुटबल प्रतियोगितामा अन्नपूर्ण सदन र माछापुच्छ्रे सदन अन्तिममा प्रवेश गरेको जानकारी विधालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी तथा ११र१२का खेल संयोजक सुमन गिरीले दिनुभयो ।












