पाल्पा - पाल्पाकाे तिनाउ-२, बन्चरे पहाड नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा तिनाउ गाउँपालिका–२, बस्ने ४० वर्षका यमबहादुर थापामगर रहनुभएकाे छ ।
बिहीबार बेलुकी ६ बजेतिर बुटवलबाट लु २१ प ३८५८ नम्बरको मोटरसाइकलमा तिनाउ–२, तर्फ आउने क्रममा माेटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ । गम्भीर घाइते हुनुभएका थापाकाे लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे छ । उक्त माेटरसाइकल सडकदेखि ५० मिटर तल तिनाउ खोलामा खसेको प्रहरीकाे भनाइ छ ।











