पाल्पा–मुलुकको अर्थतन्त्र सामाजिक सन्जाल रेडियो टिभीमा अर्थतन्त्र सिथिल छ, यो देशमा कुनै भबिष्य छैन, युवाहरु बस्न कामै छैन भन्ने प्रचार भैई रहेको छ । यस्तो भ्रममा नपर्न आग्रह गर्दै सुनेको जस्तो गम्भिर नभएको, केही समस्या देखिएता पनि बिस्तारै सुधार उन्मुख भएको अर्थ मन्त्री डा.प्रकाश शरण महतले आज रामपुरमा बताएका छन ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था रामपुर पाल्पाको रजत महोत्सव तथा २५ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशको आर्थिक अवस्था संकट पूर्ण नभएको ,केहि समस्या देखिएता पनि आफुले समाधान गरेरै छाड्ने बताउदै देशमा प्रसस्त सम्भावना भएकोले यही कमाउन सकिने र बिदेशमा सोचे जस्तो सजिलो नभएको बताए ।
रजत स्मारक अनावरण तथा स्मारिकका बिमोचन गर्दै सहकारी अर्थ तन्त्रको मेरुदण्ड भएको बताउदै स्थानीय तहमा महिला सहभागीता सहकारीमा रहेकोले यो दिगो अर्थ तन्त्रको आधार भएको बताए । सिमित क्षेत्रको सघन सहभागीता बिना,,देशको आर्थिक सामाजिक रुपान्तरण असम्भावना देखिन्छ । खास गरी सहकारीमा स्थानीय बासिन्दाहरुको,महिला पुरुष सबैको सहभागीता र त्यहाको स्टेटको लागनी ,तपाईका पसिना वगाएर कमाएको रकम जम्मा गर्नुभएकोछ यसले देशको आर्थिक रुपान्तरण गर्छ । आवश्यकता परिपूर्ति गर्छ। कतिपय कुरा नियमनको अभावमा समस्या आएपति बचत कर्ताको दुरुपयोग हुने भएको भएतापनि यसलाई रोक्न, दुरुपयोग हुन नदिन नेपाल सरकार प्रतिबद्ध रहेको बिश्वास ब्यक्त गरेका छन । उनले देशमा केही भएको छैन भनि हौवा फिजाई रहेको यसको पछि नलाग्न अनुरोध गर्दै गाउ गाउमा विकासका लहर आएको बताए ।
उनले कोरोना पछिको भुकम्पले ठुलो लगानी एक्कासी गर्नु परेकोले प्राथमिकताको आधारमा लगानी गर्नु पर्ने र उत्पादनलाई जोड दिएर सरकारले लागनी गर्नु पर्ने र सहकारीलाई पनि उत्पादन मुखी कार्यमा लागानी गर्न आग्रह गरे ।अवको लगानी उत्पादन, पर्यटनमा प्राथमिकता हुने पनि उनले जोड दिए । कसैले राजनितिक उद्धेश्य लिएर ऋण तिर्नु प्रदैन भनेर हिडेको यसमा बिश्वास नलिन र सत्यता नभएको बताए ।
सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको ग्रामिण क्षेत्रमा स्थापना भएको सस्थाले दैनिक ५० पैसा बचत गर्न सुरु गरी नियमित बचतका माध्यमबाट शेयर सदस्यलाई आर्यआर्जनको क्षेत्रमा लगानी गरी कृषि पशुपालन उद्यम ब्यबसायका माध्यमबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको बताए ।
निर्णय प्रमाणिकरण सहितको रजत महोत्व सभामा लुम्बिनी प्रदेश सांसद एबं सहकारी अभियान्ता राजु प्रसाद श्रेष्ठले अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाले पाल्पामा गरेको योगदान महत्वपूर्ण भंएको बताए । प्रदेश सांसद श्रेष्ठले सहकारी एकिकरणको अभियानलाई बढाउनु पर्नेमा जोड दिएका छन ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरयपालिकाले सहकारीसंगको सहकार्यमा युवा स्वरोजगार कार्यक्रममा ब्याज अनुदान सहयोग, स्थानीय महिला परिचालन, स्थानीय बस्तु सरफ, नुहाउने सावुन र आलू चिप्स जस्ता उत्पादन र बजारीकरण भएको बताएका छन ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराई, भुमी आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रे , नेपाली काँग्रेश जिल्ला उपसभापति ज्ञान बहादुर गाहा लगाएतले शुभकामना मन्तब्य राखेका थिए।
कुल पुजी १ अर्व ५१ करोड , १० हजार ५ सय ४७ शेयर सदस्य रहेको सस्थाको साधारण सभाले अध्यक्ष सागर प्रसाद देवकोटाको वार्षिक प्रतिबेदन, सचिब ओम प्रकाश बस्यालको वार्षिक निति तथा भावी कार्यक्रम ,कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलको सस्थाको आर्थिक प्रतिबेदन,ऋण उपसमिति संयोजक मुक्ती प्रसाद भट्टराईको प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक बिष्णु प्रसाद लम्सालले प्रस्तुत गरेको प्रतिबेदनमा छलफल गरी संशोधन सहित पारित गरेको सभा उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिब ओम प्रकाश बस्यालको संचालनमा भएको थियो ।










