पाल्पा- रास्वपा केन्द्रीय सभापतिको उपस्थितिमा पाल्पा रामपुरमा खुल्ला जनसभा हुने भएको छ ।
सभा यहि पुस २१ गते शनिबार दिउसो १२ बजे देखि सुरु हुने छ । लामिछानेको साथमा माननिय सुमना श्रेष्ठ, उप सभापति डि.पि अर्याल ,केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, गैर आवसीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी,साथै रास्वपा केन्द्रिय सदस्यहरुको समेत उपस्थिती रहने जिल्ला सभापती बिष्नु भन्डारिले जानकारी दिनुभएको छ । जाजरकोट भुकम्पको कारण रोकिएको रामपुर पाल्पाको खुल्ला सभा पुनः पौष २१ गते शनिबार हुन लागेको हो । सभालाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति माननीय रवि लामिछाने, केन्द्रिय नेता तथा सभासदहरूको सम्बोधन गर्ने छन् ।










