पाल्पा–जिल्लाको रिब्दीकोट गाउँपालिकाको १४ औं गाउँसभा अधिवेशन आज बाट सुरु भएको छ ।
सभाको पहिलो बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८० छलफलको लागि सभामा पेश गरिएको विधेयकमा आवश्यक छलफल गरि निर्णय गरिने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
गाउँ सभाको पहिलो बैठकमा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओम प्रसाद पोखरेल, राजेन्द्र नेपाल, दुर्गा ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
गाउँ सभाको १४ औं अधिवेशन उपाध्यक्ष कान्ता अधिकारी प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल गाउँसभाका सदस्यहरु, गाउँ कार्यपालिकाको कार्यालयका सम्पुर्ण कर्मचारी र पत्रकार एवं सुरक्षाकर्मीको उपस्थितिमा सभाको पहिलो बैठक रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको थियो ।











