पाल्पा–पाल्पा क्षेत्र नं. १ का लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले प्रदेशको शिक्षा ऐन ल्याउन नसक्दा समस्या भएको बताउनुभएको छ । आज पाल्पा रामपुरमा रहेको रामपुर अग्रेजी आवासिय माध्यामिक विद्यालयको ३२ औं बार्षिकउत्सवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले देशको राजनितिक अस्थिरताको कारण प्रदेशको शिक्षा ऐन निति नबन्दा समस्या भएको बताउनुभएको हो ।
कार्यक्रममा उहाँले स्थापनाको समयमा केही सिमित व्यक्तिले शेयर मार्फत घर भाडामा लिएर कष्ट सँग शुरुवात गरेको विद्यालय अहिले संचालनमा रहेका निजि तथा आवासिय विद्यालय मध्ये पहिलो भएकोमा खसी व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले कालीगण्डकी वेशीका पाल्पा, स्याङ्जा र नवलपरासी क्षेत्रका नागरिकले रामपुरमा आएर कुन विद्यालयमा छोराछोरी पढाउने भनेर प्रश्न गर्दा रामपुर अग्रेजी आवासिय विद्यालय हुनु यसले विभिन्न परिक्षामा आउने नतिजा नै भएको उल्लेख गर्नुभयो । विद्यालयको संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विद्यालयको थप प्रगतीको कामना गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक सूर्यप्रसाद घिमिरेले विभिन्न घरका साँगुरा कोेठा, टहरा हुदै सिमित व्यक्तिको सहयोगमा शुरुवात भएको विद्यालयले अहिले जिल्लामै राम्रो विद्यालयको छवि बनाउन सफल भएकोमा खुसी लागेको बताउनुभयो । उहाँले अहिले विद्यालयमा सुविधासम्पन्न भवन, यातायात, खानेपानी, कम्युटर तथा विज्ञान प्रयोगशाला, लगायतको सुविधा हुन सफल भएको जानकारी सहित विगत देखी अहिलेको अवस्थाबारे प्रष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समिती सदस्य रुद्रनारायण श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममा रामपुर नगरपालिका शिक्षाशाखा अधिकृत विकल काफ्ले, रामपुर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेल, विद्यालय व्यवस्थापन समिती पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मी, जिल्ला शिक्षा समन्वय ईकाइ पाल्पाका सदस्य देवराज ढकाल, रामतुलसी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, भुपु सैनिक इङ्लिस बोर्डिङ् स्कुलका प्रिन्सीपल गोपि सिग्देल, शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, सामुदायिक रेडियो रामपुरका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरे, शिक्षक नारायणी सुवेदी, शेयर सदस्य सूर्यप्रसाद श्रेष्ठ, अभिभावक कमलचन्द्र तिवारी, विद्यार्थी प्रकाश विसी, त्रिविक्रम पराजुली लगायतले विद्यालयको शैक्षिक समिक्षा सहित शुभकामना दिनुभएको छ ।
कार्यक्रममा संस्थापक स्वर्गिय धुव्रराज पाण्डेयलाई मरणोप्रान्त अभिनन्दन, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष विष्णुप्रसाद रेग्मी, तथा विद्यालय व्यवस्थापन समिती सदस्य रुद्रनारायण श्रेष्ठलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरी अभिनन्दन गरिएको छ । कार्यक्रमकै अवसरमा विद्यालयमा १५ बर्ष भन्दा धेरै सेवा दिने ११ जना शिक्षक कर्मचारीलाई सम्मान पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा २०७६, २०७७, २०७८ तथा २०७९ सालमा एसईइमा उत्कृष्ट अंक ल्याउने १९ जना विद्यार्थीलाई नगद १० हजार, प्रमाणपत्र, तथा खादा ओढाएर सम्मान गरिएको छ । विहान सरस्वती पुजा गरेर शुरु भएको कार्यक्रममा विद्यार्थीलाई अनुशासन, सरसफाई तथा सवै विधामा अब्बल विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गंगा अधिकारीले धन्यवाद दिनुभएको थियो । सदस्य गंगा अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक शालिकराम थापाले गर्नुभएको हो । कार्यक्रमका अवसरमा विद्यार्थीले रमाइलो सांस्कृतीक कार्यक्रम समेत देखाएका थिए । बार्षिकउत्सवको अवसरमा यही पुस १४ गतेदेखी अतिरिक्त क्रियाकलाव भएको थियो ।











