पाल्पा-पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि करिब ३५ कि.मि पूर्वमा रहेको पूर्वखोला गाउँपालिका-२ जल्पा यसो सुन्दा बिकट र टाढा रहेतापनी प्राकृतिक हिसाबले अत्यन्तै मनमोहक छ । चिटिक्क परेको गाउँ , बाटो, आँगन र पिँढी सरसफाईले चिट्टिक छ |
जिल्लाको जल्पा अर्थात् ढोलिमारा पर्यटकिय गाउँ मगर जीवनशैली, संस्कृति र आत्मीयताका लागि ख्याती कमाएको गाउँ हो पूर्वाखोला-२ ढोलिमारा पिछडिएको बस्तीमा होमस्टे संचालन गरेर पर्यटन प्रबर्द्धन गर्न उल्लेख्य भुमिका खेल्ने वडा अध्यक्ष नीर बहादुर सारूले जानकारी दिनुभयो ।
यहाँको होम स्टे (घरबास), स्थानीय सांस्कृतिक झलक, घाटु नाच, पन्चे बाजा, झ्याउरे, यहाँका स्थानीय खानाका परिकार, किवी खेती, अमृसो खेती र चुली डाँडाले पर्यटकको झनै मन जितेको छ । यो सकारात्मक पक्ष हो । यहाँका स्थानीयलाई आत्मानिर्भर बनाउन पर्यटन क्षेत्रले नै महत्त्वपूर्ण भूमिका खेल्ने ठहर छ ।
त्यसैले यहाँको पर्यटनलाई थप विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्नु पर्ने स्थानीय को माग छ ।













