पाल्पा–तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्ष बन्नका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि मोहनप्रसाद श्रेष्ठ, राजु महर्जन, भुगोलप्रसाद बैजु र प्रज्ञासागर शाक्यले उम्मेदवारी दिनुभएको छ । सचिवमा प्रेम मल्ल र विष्णुबहादुर कार्कीको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा लालमने अधैपुन, सहसचिवमा बिर्जु खाती, कोषाध्यक्षमा सुशिला श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै सदस्यहरूमा बसन्तकुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल र फूलमाया सुनारीको उम्मेदवारी परेको छ ।













