गायिका एलिना चौहान र गायक बसन्त थापाको स्वरमा सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
पारी ठुली भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। गीतको भिडियोमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य रहेको छ । सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। जुन गीतमा सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका छन्।गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।












