पाल्पा-देववाणी संस्कृत तथा साधारण माध्यमिक बिद्यालयले ७१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले १ करोड ६७ लाख ६६ हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक थापाले बिद्यालयले हिजोको कठिन परिस्थितीको सामना गर्दै बिद्यालयलाई अहिलेको अवस्थामा ल्याउन ठूलो संघर्ष गर्न परेको बताउनुभयो । उहाँले आगामी दिनमा १२ सम्मको कक्षा संञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
बार्षिक उत्सव कार्यक्रम मा क्षेत्र नम्बर २ का संघीय सांसद ठाकुर गैरेले यस बिद्यालयको बिगत अति नै दयनिय रहेको र यसको गुणस्तरिय शिक्षामा मारेको फड्को यस क्षेत्र कै उदाहरणीय रहेको र यसको थप प्रगतिको लागि आफ्नो साथ र सहयोग निरन्तर रहने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले देववाणी स्कुलले गरेको शैक्षिक प्रगति स¥हानिय रहेको र यसको प्रगतिको लागि आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे, राष्ट्रिय जनमोर्चाका बिशाल दर्लामी, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेल लगायतले बिद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
बार्षिक उत्सव कार्यक्रममा राम्रो पढाउने शिक्षक र राम्रो पढने बिद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै बिद्यार्थीहरुबाट सास्किृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
बार्षिक उत्सव कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।












