पाल्पा– दुःखीको घाउमा मलम लगाउदै युवाहरू ``सेवा नै धर्म हो ´´ भन्ने मूल नाराका साथ स्थापना गरिएको सुख-दुःखका साथिका समुहले आफ्नो नियमित कार्यक्रम अनुसार आज पुन दुःखमा परेको एक परिवारको घाउमा थोरै मलम लगाउने काम गरेको छ ।
आफुहरूले कमाएको केही रकम सामाजिक सेवामा लगानी गर्नु पर्छ भन्ने उद्देश्यका साथ मासिक रूपमा केही रकम जम्मा गर्दै आएका तानसेनका ११ जना यूवाहरूको समूहले स्थापना गरेको यो समूहले आज २०८०/८/३० गते लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा विगत १०४ दिनदेखि ICU मा उपचार गराइरहनु भएका पाल्पा बगनासकाली,यम्घाका श्यामप्रसाद बस्याललाई भेटी स्वास्थ्य लाभकाे कामना गर्दै रू ११,१११/- बिरामीका छाेरा ताराप्रसाद बस्याललाई समूहका संयाेजक किशाेर खनालले हस्तान्तरण गर्नुभएको छ ।हस्तान्तरण कार्यक्रममा बोल्दै सहसंयाेजक चतुर्भुज नेपालले आर्थिक तथा सामाजिक अवस्थाबाट पीडित व्यक्तिको सहयोग नै हाम्रो मूल मन्त्र भएकाले यस्तै कार्यक्रम निरन्तरता दिदै जाने बताउनुभयो ।











