पाल्पा–भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पाल्पाबाट खटिएको टोलीले अस्थायी टहरा निर्माण गरेको छ । गत मङ्सिर ५ गते देखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका –१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरेको हो ।
हालसम्म पाल्पाबाट गएको टोलीले भूकम्प प्रभावितका लागि १८ वटा टहरा निर्माण गरेको पाल्पा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा ९एमाले० को राष्ट्रिय अभियान अन्तर्गत भूकम्प प्रभावित नागरिकको पुन स्र्थापनाका लागि आफूहरू एक सातादेखि रुकुमपश्चिममा खटेको उहाँले बताउनुभयो ।
भूकम्प प्रभावितको राहत र अस्थायी आवास निर्माणका लागि एमाले पाल्पाबाट युवा, विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागी रहेको छ ।












