नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको प्रथम सम्मेलन यही मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनको तयारी तीव्र पारिएको बताइएको छ । कांग्रेस लुम्बिनी प्रदेश समितिले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो ।
सम्मेलनअन्तर्गत मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्र हुनेछ । बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।













