पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा प्लाष्टिकजन्य फुलमाला प्रयोग नगरी प्राकृतिक फुलमाला प्रयोग गर्न आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै गाउँपालिका सयपत्री फुलमा आत्मनिर्भर रहेकोले फुल कृषकहरुको प्रोत्साहनका लागि प्राकृतिक फुलको प्रयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनभुयो । उहाँले प्लाष्टिकजन्य फुलमालाले वातावरण प्रदुषण गराउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने अवस्थालाई मध्यनजर गरी तिहारमा गाउँपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फुल, माला बिक्री वितरण नगर्न नगराउनुहुन समेत व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।
गाउँपालिका भित्र प्राकृतिक फुलहरुबाट बनेका माला प्रयोग गर्न व्यापारी तथा सर्वसाधरणलाई अनुरोध गरिएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । प्रकाशित सूचनामा गाउँपालिका भित्र आवश्यक अन्य पर्व तथा उत्सवका लागि समेत प्राकृतिक फूलका लागि सम्पर्क गर्ने कृषकहरुको नाम र सम्पर्क नं. राखीएको उहाँले बताउनुभयो ।
हेर्नुहोस सुचना:














