पाल्पा, रामपुर नगरपालिकाले गत शुक्रबार आएको भुकम्प बाट प्रभावित भएका जाजरकोटका नागरिकहरुको लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको छ।
भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा सहित जनप्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेको हो । पिडित परिवारको लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई राहत रकम हस्तान्तरण गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।













