पाल्पा - नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
कमिटिको उपाध्यक्ष देविलाल लामिछाने , सचिव रामजी पाेख्रेल , उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध चयन हुनुभएको छ। जिल्लाको हरेक क्षेत्र र वडा समेटेर जिल्ला कमिटी गथन भएको जनाइएको छ । १०५ सदस्यीय जिल्ला कमिटिमा अन्य सदस्यमा हुनुहुन्छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा शुक्रबार देखि तानसेन-९ को तिन्टीआपमा अधिबेशन शुरु भएको थियो । अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागी थिए ।











