पाल्पा- पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनकाे शित्तलपाटी क्षेत्रको सौन्दर्य र आकर्षणका लागि रङ्गीबिरङ्गी छाता राखेर सजाइएको छ ।
तानसेनकाे शित्तलपाटीबाट जेभिटी जाने सडकसम्म विभिन्न रङ्गीबिरङ्गी छाताहरुले बाटो सजाउन राखिएको हाे । नजिक-नजिक राखिएका रङ्गीबिरङ्गी छाताले मानिसहरुलाई निकै लोभ्याएको छ । यहाँ पुग्नेहरुले सोही रङ्गीबिरङ्गी छाताहरुलाई पृष्ठभूमिमा पारेर फोटो खिच्नुका साथै टिकटक भिडियो समेत बनाउने गरेका छन् ।













