पाल्पाली गायक पुरुषोतम गैरेको ”परदेशी” गीत सार्वजनिक (भिडियो सहित)
२४ आश्विन २०८०, बुधबार ०५:४१ Rastriya News 2369 views
पाल्पा–पछिल्लो समय पिंजडाको चरी बोलको गीतले सर्वाधिक चर्चा बटुल्न सफल बनेका पाल्पाली सर्जक तथा गायक पुरुषोतम गैरेले फेरी नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् ।
भर्खरै मात्र बजारमा सार्वजनिक भएको गैरेको नयाँ दशै विशेष गीत परदेशी दर्शकले निकै मन् पराएका छन् । गीतमा पछिल्लो समय चर्चामा रहेकी मोडल सारिका के.सी र स्वयंम गायक पुरुषोतम गैरेको अभिनय रहेको छ । गीतलाई गैरेले आफ्नै युटुव च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
गैरेको आफ्नै स्वर,लय तथा शब्द सिर्जना रहेको गीतमा लक्ष्मी खड्काले स्वरमा साथ दिएकी छन् । काजिश श्रेष्ठको निर्देशनमा भिडियोको छायाँकन मरभुमी नारायणले गरेका हुन । जसरी आम दर्शक स्रोताहरुले यस अघिका गीतहरुलाई माया दिनुभएको छ त्यसरी नै यस गीतले पनि सबैको माया पाउने आशा गरेको गायक तथा सर्जक गैरेले वताए । परदेशीमा आम नेपालीको परदेशीनु पर्ने वाध्यता र परदेशीदाको पिडालाई भिडियो मार्फत देखाउन खोजीएको छ ।