पाल्पा – नेकपा एमाले पाल्पाको नवौें जिल्ला अधिवेशन आजदेखि सुरु भएकाे छ । तानसेन नगरपालिका –९ तिन्टीआँप मदनपोखरामा एमालेकाे अधिवेशन सुरू भएकाे हाे ।

नवौँ अधिवेशनको उद्घाटन एमालेका पूर्वमन्त्री एवं पाेलिटव्यूराे सदस्य दलबहादुर रानाले गर्नुभयाे । उहाँले अब एमाले एकताबद्ध भएर अघि बढ्ने बताउनुभयाे । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि कार्यक्रम स्थलमा आइपुगेका छन् ।

अधिवेशनमा जिल्लाभरबाट ७ सय बढी प्रतिनिधि, पार्टीका कार्यकर्ता, मतदाता तथा स्थानीय बासिन्दाकाे सहभागिता रहेकाे छ ।














