
केही बर्ष अघिको कुरा हो, उनको र मेरो शंकरदेव क्याम्पसमा बिबिएस पहिलो बर्षमा अध्ययन गर्दा चिनजान भएको थियो । उनी पर्वतकि थिइन, भने म गुल्मीको। क्याम्पस पढदा उनी अघिल्लो बेन्चमा बस्ने गर्थिन भने म उनी भन्दा पछिल्लो बेन्चमा बस्ने गर्थें ।
उनी आफ्नो रुपप्रति हिटलरको शैलीमा तानाशाही प्रवृत्तिको स्वभाव देखाउने गर्थिन तर उनको सुन्दरता भने म्याग्दीको रुप्से झरना भन्दा कम थिएन। यसै गर्दागर्दै उनिसंग मेरो चिनजान भयो र हामी फेसबुकमा साथी बन्यौ । मैले उनलाई म्यासेज गर्न थाले तर उनले मेरो म्यासेज सिन गरेर रिप्लाई भने दिईनन्, उनि मलाई रारा ताल भन्दा सुन्दर लाग्थ्यो, मैले फेरि म्यासेज गरे त्यसपछि उनको म्यासेज आयो तर म्यासेज भने एकोहोरो मात्र थियो जस्तैः– के छ भन्दा ठिक छ, खाना खायौं भन्दा खाए मात्र एकोहोरो हुँदाहुँदै पनि मैले उनलाई म्यासेज गर्न भने छोडिन ।
तर उनको स्वभाव भने दक्षिण पश्चिम प्रशान्त महासागरमा आउने सामुन्द्रीक आधी-बेरी भन्दा कम थिएन, दिन बित्दै गयो मैले दैनिक म्यासेज गर्दै गए तर उनको म्यासेजमा उल्लेखनीय सुधार भने देखिएन । घरी क्यासपियन सागरमा डुबुल्की मारेजस्तो गर्थिन त घरी विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेझै गर्थिन। एकदिन भेटेर चिया खाने प्रस्ताव गरे तर उनले उत्त प्रस्तावलाई इन्कार गरिन ।
तर मैले म्यासेज गरिराखे, विहान करिव साढे सात आठ बजेको थियो शंकरदेव क्याम्पसको क्यान्टिनमा चिया खान छिरे त्यहाँ उनि र उनका साथिहरु पनि चिया खादौ रहेछन म पनि उनिहरु भए नजिकै गएर बसे अनि उनले लोकसेवाको क्लास छ म पढ्न गए भोलि भेटौला भनेर उनी र उनका साथीहरू मार्फत बिदा भएको मैले देखे र म पनि उनी पढने ईन्स्टिच्युट्मा कक्षा लिन पुगे अठार हजार तिरेर नासुको कक्षा लिए, उनको र मेरो कक्षा, समय फरक पर्यो,उनी बिहान पढने गर्थिन भने म बेलुका , मैले ईन्स्टिच्युटका प्रमुखलाई भेटेर बिहान पढने व्यवस्था मिलाइदिन् अनुरोध गरे तर बिहानको ग्रुप फुलफिल भएका कारण म बेलुकाको ग्रुपमा परे ।
हरेक शनिबार सबै ग्रुपको परिक्षा हुने हुँदा उनिसङ्ग हरेक शनिबार मात्र देखभेट हुने गर्दथ्यो ।
शनिबार उनिसङ्ग नजिक हुने निहुमा उनी बस्ने नजिक गएर बस्ने गर्दथे तर उनी नजिक हुन चाहादैन थिइन । यसै गर्दै दिनहरू बित्दै गए । उनले वास्ता नगरेपछि मैले राम्रोसँग पढने निर्णय गरे पास गरेर उनिलाई आकर्षित गराउन पर्छ भन्ने निर्णय गरे र पढदै गर्दा प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले बिज्ञापन गर्यो मैले फर्म भर्ने निर्णय गरे अनि परिक्षा दिए । परिक्षा दिएको पाँच छ महिना पछि गोरखापत्रमा मेरो तिनपुस्ते छापिएको पाए । घरपरिवार ,साथीहरू, इष्टमित्र सबैले बधाई ज्ञापन गरे तर उनले भने नत म्यासेज गरिन नत फोन ।
अन्तर्वार्ता नजिकिदै गयो र अन्तर्वार्ताको लागि हेटौंडा गए भोलि अन्तर्वार्ता थियो | आज बेलुका उनको अन्तर्वार्ताको लागि शुभकामना भन्ने म्यासेज पाए । अन्तर्वार्ता समग्रमा राम्रो भयो,बेलुका काठमाडौं फर्कने बेला फोन गरे तर रिसिभ भएन । मंसिर २० गते रिजल्ट प्रकाशित भयो, मलाई काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पोस्टिङ भएको सूचना लोकसेवा आयोग बागमती प्रदेशले दियो । पहिलोपटक सरकारी सेवामा प्रवेश गर्दा म दङ्ग थिए, धेरैले बधाई ज्ञापन गरे र उनले पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना भन्ने म्यासेज गरेर अफलाईन भईन । कुरा गर्न खोजि रहे तर कुरा हुन भने सकेन, कुरा भएपनी एकोहोरो मात्र , उनी एकदम शालीन र भद्र स्वभावकि सुन्दरी थिइन । मलाई उनको यहीँ स्वभावले नजिक–नजिक हुन मन लाग्थ्यो । जब सेवामा प्रवेश गरे तब उनको म्यासेज पहिलेको तुलनामा बढदै गयो, हामी नजिक हुँदै गयौं ।
एकदिन शनिबारको दिन थियो भेटेर चिया खाने प्रस्ताव गरे र काठमाडौंको भृकुटीमण्डपमा भेटने निर्णय गरियो र चियाको चुस्की संगै गफमा चार घन्टा बितेको पतै भएन । उनी काठमाडौंमा दाइ भाउजुसङ्ग बस्ने गर्थिन । दाइ आउने बेला भयो म जान्छु भनेर हामी त्यहाँबाट विदा भयौं । भेट पश्चात हाम्रो तिन चार महिना लगातार कुरा भयो उनी र म माया पिरतिमा परेको अनुभव भयो । हामी हरेक बेलुका फोनमा कुरा गर्ने गर्थेउ, मिठा मिठा कुरा हुने गर्दथे भिडियो कल गर्दा एक दुई समेत बजाउने गर्थेउ । जसरि टाइटानिक जहाज एटलान्टिक महासागरमा डुबेको थियो त्यसै गरि म उनको मायमा डुबेको थिए । त्यसै क्रममा उनी पाँच /छ दिन जति अन्लाईन आइनन् फोन पनि अफ भयो ।
मैले उनको प्रतीक्षा गरिरहे तर प्रतीक्षाको फल भने मिठो पाइन । दैनिक फोन गरिरहे तर नेपाल टेलिकमले माफ गर्नुहोला तपाईंले डायल गर्नुभएको मोबाईलको स्वीच अफ गरिएको छ भन्नू सिवाए अरु केही भएन, उनको म्यासेज र फोन कुर्दाकुर्दै दिन बित्दै गए, नत फोन नै आयो नत म्यासेज नै । करिब पाँच महिनासम्म उनकै फोन र म्यासेजको प्रतीक्षामा बित्यो एकदिन फुर्सदको समयमा टिकटक हेरिरहेको थिए भिडियो हेर्दै जादा उनको भिडियो देखे, टिकटकमा साथी रहेछु अनि म्यासेज गरे, हेल्लो तिमि कताहराएको ? फोन अफ किन ? म्यासेज किन रिप्लाई नगरेको ? भनेर म्यासेज छोडे करिब तीन घन्टा पछि उनको म्यासेज आयो । रोएको स्टिकर पठाउदै मलाई अब म्यासेज र फोन गर्ने काम नगर्नुहोला, हामी बीच जे जे भयो भयो “आइ एम रियल्लि सोरि” भन्ने म्यासेज छोडेर उनी अफलाईन भइन, म अचम्म परेर किन र ? के भयो ? प्रस्न गरे उनले दुई दिनपछि मेरो प्रस्नको उत्तर दिदै भनिन् तपाईंसंग बोलेको दाइले थाहा पाउनु भयो, मोबाईल दाईसंग छ र मलाई रुमबाट बाहिर निस्कन समेत दिनुभएन, अनि म कतैबाट सम्पर्कमा आउन सकिन भन्ने म्यासेज आइसके पछि मैले पुन टिकटकमा म्यासेज गरे फेसबुक सर्च गरेर हेरे उनलाई मैले देखिन ।
उनका दाइले कोत पर्वमा जंगबहादुर राणाले राज्य लक्ष्मीलाई जस्तै हामी बीच भएका कुराकानी सबै हेरेर मलाई भाइबर र फेसबुकमा पहिले नै अघोषित नाकाबन्दी अर्थात ब्लक गरिसकेका रहेछ्न । मैले टिकटकमा म्यासेज गरेर एकपटक भेटने प्रस्ताव गरे तर हाम्रो भेट भएन । उनका दाइ जंगबहादुर राणा स्वभावका थिए, नेपाल सरकारको शाखा अधिकृत बाट भर्खरै उपसचिव भएका थिए भने भाउजू शाखा अधिकृत थिइन। मैले उनलाई म्यासेजमा हामी भागेर बिहे गरौं भन्ने प्रस्ताव राखे तर उनले मलाई तपाई र मेरो सम्बन्धको बारेमा मैले दाइलाई धेरै भन्ने कोशिश गरे तर दाइले सुन्न मान्नु भएन र यहि माघ बीस गते मेरो बिहे गर्दिने निर्णय गर्नुभएको छ भन्ने म्यासेज छोडेर बिदा भइन। म यता मारियाना ट्रेन्चको गहिराइमा खसे जस्तो भए।मैले उनलाई आफ्नो बनाउने धेरै प्रयत्न गरे तर सकिन।
अन्ततः माघ बीस गते दाइले आफ्नो साथिको साथी अर्थात नेपाल सरकारको शाखा अधिकृत मार्फत उनको सिउदो रंगाएको फोटो “ह्याप्पी म्यारिड लाइफ बहिनी ज्वाईं” भन्दै पोष्ट गरेको पाए । उनको फेसबुकबाट म पहिले नै ब्लक थिए, बिहेको एक हप्ता पछि पुन टिकटकमा म्यासेज गरेर “दाम्पत्य जिवनको शुभकामना ” सधै हासी खुशी रहनु , भनेर टिकटकबाट बिदा भए । दिनहरु बित्दै गए तर उनका याद तथा सम्झनाहरु भने कहिलै गएनन् ।
मैले टियुमा मास्टर गर्ने निर्णय गरे बिहान– बिहान दैनिक क्लास जान्थे, एकदिन अकस्मात टियुको ठुलो घडिको तलपट्टी उनी सङ भेट भयो म झसङ्ग भए, सपना जस्तो लाग्यो तर म बिपनामा नै रहेछु , कसरि यहाँ ? भनेर मैले प्रस्न गरे मास्टर पढदै छु, सेकेन्ड सेमेस्टर अनि तिमी किन ? भन्ने प्रस्नमा तिम्रा सम्झनाहरुलाई थाती राख्दै म पनि मास्टर पढने निर्णय गरे भने । उनले तिमी अझै बिहे गरेका छैनौं भनेर प्रस्न गरिन, मैले हास्दै जवाफ दिए तिमीलाई पाइन र तिमिसंङ्ग क्यासपियन ताल जस्तो गहिराइमा डुबेका तिम्रा ती यादहरु अझै जिवित छन, कसरी बिहे गरु ? मैले भने करिब चार/पाँच मिनेट कुरा पश्चात उनि र म त्यहाँ बाट छुट्यौं ।
तुल्सीराम अर्याल
ठेगाना=गुल्मी
हाल तेमाल गाउँपालिकामा वडा नं. २ मा सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।