

दाङ, २६ भदौ ।
लुम्बिनी प्रदेशको चालु अधिबेशन मंगलवार राती १२ बजेदेखि अन्त्यहुने गरि मन्त्रीपरिष्दको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गर्दै चालु अधिवेशन अन्त्य गर्ने निणर्य गरेको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बर्दीयाका वाढी प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।त्यसै गरेर प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।