

भाद्र २६
बुटवल ८ सुख्खानगरमा रहेको क्यानन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन् । क्यानन क्लबका उपाध्यक्ष प्रतीक पाण्डेको अध्यक्षता भएको कार्यक्रममा संस्थाका प्राचार्य थानेश्वर पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै विधालयले यस्ता कार्यक्रमहरू वेला वेलामा गर्नु पर्दछ,यस्ता कार्यक्रमहरूले विधार्थिहरूमा नया जोस जागर आउने र पढाइमा पनि अव्वल रहने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सह प्राचार्य सूर्य प्रसाद पाण्डे, विज्ञान संयोजक केशव महत लगायतले बोल्नु भएको थियो । कक्षा ११ र १२ का गरी झण्डै ४०० विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रममा सन्तोष पौडेल , सविन घिमिरे लगायतका विद्यार्थीहरुले छोटो मन्तव्य राखेका थिए । कार्यक्रम कक्षा १२ कि छात्रा अनुसा कुवरको स्वागत मन्तव्य तथा विद्यार्थीहरु भानुमति यादव,नेहा नेपाली ,दीपा चौधरी र सुमित शाहीले कार्यक्रमको सञ्चालन गरेका थिए ।