

पाल्पा, १३ भदौ
बुधबार बिहान पाल्पामा भएको स्कारपियो दुर्घटनामा परी मृत्यु हुने ३ जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत पाल्पाका प्रहरी सहायक हवल्दार यम बहादुर बोहोरा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्र.ना.उ. वीरेन्द्र थापाले जानकारी दिए। तिनै जनाको घटनास्थलमै मृत्यु भएको हो। गुल्मीको तम्घासबाट पाल्पातर्फ आउँदै गरेको कालो प्लेटको लु १ ज ४६०० नम्बरको स्कारपियो तानसेन–रिडी सडक खण्डको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा माथिबाट खसेको सुख्खा पहिरोले बिहान करिव ८ बजे पुरीएको थियो।
शव पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा ल्याइएको छ। भने घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।