तानसेन। पाल्पा गुल्मी सडक खण्डको जोर्तेमा सुख्खा पहिरो स्कार्पियो माथी खस्दा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य आठ जना घाइते भएका छन्।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने एकिन भने भएको छैन् ।
दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरी सहितको टोली उद्दारमा लागेका छन् ।













