

हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाकोअवसर पारेर सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ ।
भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन खास गरेर हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द ‘रक्षा र बन्धन’जोडिएर बनेको छ । जहाँ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ले वर्ष दिन वेद पढ्ने र त्यसको साङ्गे ९ दिनको समप्तिको रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन खास गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।