
बिकाश काफ्ले
भदौ १२, पाल्पा
सप्तपथ युवा क्लबको सातौं बार्षिक उत्सव तथा महिलाको महान चाड हरितालिका तिजको अबसरमा सांस्कृतिक विषेश कार्यक्रम हुने भएको छ ।
क्लवले चिदीपानीमा असोज १ गते तिजको दिन सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष शिव प्रसाद ढुङ्गानाले जानकारी दिए । कला, संस्कृतिको संरक्षण गर्न क्लवले १ दिने विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । क्लवले बिगतका बर्षहरुमा पनि सांस्कृतिक कार्यक्रम गर्दै आएको र कोरोना महामारी कारण विचमा तीन बर्ष कार्यक्रम नभएको ढुङ्गानाले बताए ।
क्लवले कार्यक्रमबाट संकलन भएको केही रकमले सामाजीक कार्यमा खर्च गर्ने जनाएको छ । ‘सामाजिक कार्य ,हाम्रो अभियानः कला, संस्कृति र भेषभूषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ क्लवले सांस्कृतिक विषेश कार्यक्रमको आयोजना गर्न लागीएको क्लकका कोषाध्यक्ष मुक्तिनाथ काफ्लेले जानकारी दिए।
कार्यक्रममा लोक दोहोरी गायक अलिप खान, लोक दोहोरी गायीका अस्मिता डाल्लाकोटी लगायतका स्थानीय कलाकारको प्रस्तुती रहने छ ।
यस्तै गरी गाउँ ठाउँका सांस्कृतिक विषेश प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा साझ लाइभ दोहोरी समेत रहने आयोजकले जनाएको छ ।